सकियो नेपाल इको प्यानल साँंझ
काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा शनिबार साँंझ नेपाल इको प्यानल साँंझ भएको छ । साइकल कनेक्ट भक्तपुरको आयोजनामा शनिबार भएको एकदिने साइकल यात्रामा सहभागीहरुको रिफ्रेसमेन्टको लागि साँंझ गरिएको हो । साँझका लागि नेपाल इको प्यानल नामक निर्माण सामाग्री कम्पनीले सहयोग गरेको थियो ।
साइकल यात्रीहरु नेवाः ननीमा पुग्दै गर्दा त्यहाँं साँंगितिक साँंझमा रमेका थिए । साँंझमा सांगितिक मनोरञ्जन दिइएको थियो । त्यस क्रममा गीत संगीतको मज्जा दिइएको थियो । विभिन्न गाकक तथा कलाकारहरुले त्यहाँं सास्कृतिक प्रदर्शनी गरेका थिए ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले सामाजिक उतरदात्यि अन्तर्गत साँझका लागि सहयोग गरेको जानकारी गराए । साइकल संस्कृतिलाई प्रवद्धर्न गर्ने हेतुले कम्पनीले नियमित रुपमा साइकल कनेक्ट भक्तपुरसँंग सहकार्य गर्दै आएको जानकारी उनले गराए ।
साइकलमार्फत सम्पदा संरक्षण, वातावरणीय सचेतना र स्वस्थ जीवनशैलीको सन्देश प्रवाह गर्ने उद्देश्यसहित साइकल कनेक्ट भक्तपुरले कोरा भक्तपुर साइकलिंग च्यालेन्ज २०८३ को आयोजना गरेको थियो । कार्यक्रममा करिव पाँंच सय साइकल यात्रीहरु सहभागी रहेको आयोजकले जनाएको छ । उनीहरुले एक सय ५०, एक सय र ५० गरी तीन वटा छुटाछुटै रुटमा परिक्रमा गरेका थिए।
साइकल यात्राको विहान भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उदघाटन गरेका थिए । उदघाटनपछि यात्रा भक्तपुर नगरको नपुखुबाट सुरु भएको थियो । त्यसपछि साइकलयात्रीहरु आआफनो रुट अनुसार साइकल यात्रामा निस्केका थिए । रुट पूरा गरी साँंझ उनीहरु भक्तपुरको सल्लाघारीस्थित नेवाः ननी रेष्टुरेन्टमा भेला भएका थिए । यही ठाउँंमा साझ भएको हो।













