मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

मञ्जुश्री फाइनान्सको संस्थापक शेयर बिक्रीमा



काठमाडौं। मञ्जुश्री फाइनान्स कम्पनीले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको छ । कम्पनीले आईब्रोक्स ईन्टरनेशनल प्रालिको नाममा रहेको १ हजार ८६५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना प्रकाशित गर्दै विद्यामान संस्थापक शेयरधनीहरुलाई बिक्री खुला गरेको शेयर सो अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेपछि सर्वसाधारणका लागि खुला गरेको हो ।

शेयर खरिद गर्न आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ।


प्रतिक्रिया दिनुहोस्