राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि आधुनिक आवासीय भवनको उद्घाटन - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि आधुनिक आवासीय भवनको उद्घाटन



काठमाडाैं । राउण्ड टेबल नेपालले आज त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका लागि विशेष रूपमा निर्माण गरिएको आधुनिक आवासीय भवनको उद्घाटन गरेको छ।

करिब ९ महिनाको अवधिमा सम्पन्न भएको यो परियोजना राउण्ड टेबल नेपालको इतिहासकै सबैभन्दा ठूलो तथा प्रभावशाली सामाजिक सेवा परियोजनामध्ये एक हो ।

करिब रु. १ करोड ८३ लाख लागतमा निर्माण सम्पन्न भएको यस आवासीय भवनले दृष्टिविहीन बालबालिकाको जीवनस्तर उकास्ने, उनीहरूलाई सुरक्षित, सम्मानजनक तथा गुणस्तरीय बसोबासको वातावरण उपलब्ध गराउने उद्देश्य बोकेको छ।

एक रोपनी क्षेत्रफलमा निर्मित यस भवनमा ४८ भन्दा बढी बालबालिकाको बसोबासको व्यवस्था गरिएको छ। भवनमा छवटा आवासीय कोठा, विशाल भोजन कक्ष, पूर्ण सुविधासहितको भान्सा, स्नानगृह तथा अन्य आवश्यक पूर्वाधारहरू निर्माण गरिएको छ, जसले बालबालिकाको समग्र विकास, सुरक्षा, सहजता र सम्मानजनक जीवनयापनमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास गरिएको छ।

यस महत्त्वपूर्ण परियोजना डोल्मा फाउण्डेशन, माज्जाली परिवार, विभिन्न व्यक्तिगत दाताहरू, संस्थागत साझेदारहरू तथा शुभेच्छुकहरूको उदार सहयोगबाट सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै राउण्ड टेबल नेपालका प्रतिनिधिहरूले प्रत्येक बालबालिकाले आफ्नो शारीरिक अवस्था वा आर्थिक पृष्ठभूमि जस्तोसुकै भए पनि समान अवसर प्राप्त गर्नुपर्ने संस्थाको दृढ विश्वास पुनः व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्