सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ। आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्दा चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।आइतबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ३२० रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार २४० रुपैयाँमा किनबेच भएको थियो।
















