मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति छनोट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

मदन पुरस्कार २०८२ का लागि उत्कृष्ट १० कृति छनोट



काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०८२ का लागि प्रतिस्पर्धामा रहेका उत्कृष्ट १० कृतिको सूची सार्वजनिक गरेको छ। सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष प्राप्त भएका २९८ पुस्तकमध्येबाट छनोट समितिले १० कृतिलाई उत्कृष्ट सूचीमा समावेश गरेको हो।

शीर्ष १० को सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ तथा वीणा जोशी (राजभण्डारी) को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ परेका छन्।

यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि उत्कृष्ट १० पुस्तकको सूचीमा समेटिएका छन्। यही सूचीबाट एक कृतिलाई मदन पुरस्कार–२०८२ प्रदान गरिने गुठीले जनाएको छ।

वि.सं. २०१२ मा स्थापना भएको मदन पुरस्कार गुठीले २०१३ सालदेखि पुरस्कार वितरण सुरु गरेको थियो।


प्रतिक्रिया दिनुहोस्