माछापुच्छ्रे बैंकमा दुई उच्च तहका अधिकारीको बढुवा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

माछापुच्छ्रे बैंकमा दुई उच्च तहका अधिकारीको बढुवा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दुई उच्च तहका अधिकारीलाई बढुवा गरेको छ। बैंकको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) तथा नायब महाप्रबन्धक सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो।

बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। उनले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका छन्। कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।

यस्तै, जमरकटेल वित्तीय तथा बैंकिङ क्षेत्रका अनुभवी चार्टर्ड एकाउन्टेन्ट हुन्। उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुनमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन्।

बैंकले अर्याल र जमरकटेल दुवैले आफ्नो बैंकिङ यात्रामा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै सक्षम, अनुभवी र सफल बैंकरका रूपमा परिचित रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्