प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्याबारे उद्योगीसँग छलफल गर्दै - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री शाह आज तयारी पोशाक उद्योगका समस्याबारे उद्योगीसँग छलफल गर्दै



काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघका प्रतिनिधिहरूसँग उद्योग क्षेत्रका समसामयिक विषयमा छलफल गर्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे तय गरिएको भेटवार्तामा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा लगायत सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलका क्रममा तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगीहरूले सामना गरिरहेका चुनौती, उत्पादन र निर्यात विस्तारका उपाय, रोजगारी अभिवृद्धि तथा उद्योग क्षेत्रको समग्र विकास गर्ने विषयमा विचार–विमर्श हुने जनाइएको छ।

संघका पदाधिकारीहरूले उद्योगमैत्री नीतिगत सुधार, समस्या समाधानका उपायबारे प्रधानमन्त्रीसमक्ष आफ्ना सुझाव राख्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्र, उद्योगी–व्यवसायी र विभिन्न सरोकारवाला पक्षसँग नियमित संवादलाई प्राथमिकता दिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्