‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्न प्रधानमन्त्रीको निर्देशन - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल’ गठन गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी कच्चा पदार्थमा आधारित तयारी पोसाक (टेक्सटाइल) उद्योगको विकास र विस्तारका लागि सरकारले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘टेक्सटाइल एण्ड क्लोदिङ डेभलमेन्ट काउन्सिल’ गठन गर्ने तथा बन्द अवस्थामा रहेका रुग्ण उद्योगहरू तत्काल सञ्चालनका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन्।

छलफलका क्रममा उद्योगीहरूले तयारी पोसाक उद्योगको प्रवर्द्धनका लागि ‘ग्रिन गार्मेन्ट भिलेज’ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। सो प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले नेपाली तयारी पोसाकको निर्यात विस्तारमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले टेक्सटाइल उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, उत्पादन विस्तार तथा निर्यात प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संस्थागत सहयोग उपलब्ध गराइने पनि विश्वास दिलाएका छन्।


प्रतिक्रिया दिनुहोस्