लिबर्टी माइक्रो लाइफको विशेष योजना : बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

लिबर्टी माइक्रो लाइफको विशेष योजना : बीमालेख नवीकरणमा विलम्ब शुल्क शतप्रतिशत छुट



काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकका लागि बीमालेख नवीकरण तथा पुनर्जागरणमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै साउन ५ गतेदेखि असोज मसान्तसम्म सञ्चालन हुने योजनाअन्तर्गत सबै प्रकारका बीमालेखको नवीकरण तथा पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट प्रदान गरिनेछ।

कम्पनीले समयमै बीमालेख नियमित गर्न र बीमा सेवाको निरन्तर लाभ लिन ग्राहकलाई यस योजनाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्