परराष्ट्र मन्त्रीको सल्लाहकारमा पाण्डे नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

परराष्ट्र मन्त्रीको सल्लाहकारमा पाण्डे नियुक्त



काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदिश्वर पाण्डे नियुक्त भएका छन् ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) सरह प्रेस सल्लाहकार नियुक्त गरेको हो ।

नुवाकोटको तादी गाउँपालिका–४ तामेका स्थायी बासिन्दा पाण्डे करिब डेढ दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रीय छन् ।

राजनीति, परराष्ट्र र सुरक्षा मामिलाका साथै खेलकुदसम्बन्धी समाचार लेखनमा सक्रीय पाण्डेसँग द हिमालयन टाइम्स, काठमाण्डु पोष्ट र कान्तिपुर दैनिकमा काम गरेको अनुभव छ ।

पछिल्लो समय उनी कुटनीतिक मामिलासम्बन्धी अंग्रेजी म्यागेजिन ‘द डिप्लोम्याट नेपाल’ का सम्पादकका रुपमा कार्यरत थिए ।

त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका पाण्डेले अमेरिका र भारतलगायत मुलुकबाट पत्रकारितासम्बन्धी विशेष तालिम लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्