सांग्रिला डेभलपमेन्ट बैंकको नाफा र खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार, वितरणयोग्य मुनाफा कति ?
काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले एक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लाे आर्थिक वर्षकाे तुलनामा गत आर्थिक वर्ष २०८२/८३ बैंककाे नाफा ४६.६९ प्रतिशतले बढाे हाे ।
अघिल्लाे आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत असार मसान्तसम्म नाफा सँगै बैंककाे खुद ब्याज आम्दानी पनि १६.८३ प्रतिशत बढेर २ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लाे आर्थिक वर्ष बैंकले २ अर्ब ७ करोड रूपैयाँ मात्र यस्ताे आम्दानी गरेकाे थियाे ।
यस्तै, बैंकको सञ्चालन मुनाफा ५२.९८ प्रतिशतले बढेर १ अर्ब ३५ कराेड ३० लाख रूपैयाँ पुगेकाे छ।
यस्तै यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३३.६७ प्रतिशतले बढेर ४९ करोड २३ लाख रुपैयाँ पुगेको छ। अघिल्लाे वर्ष यस्ताे मुनाफा ३६ करोड ८३ लाख रुपैयाँ रहेकाे थियाे ।
यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको ३४ करोड ५४ लाख रुपैयाँबाट उल्लेख्य रूपमा घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको छ।
यता समिक्षा अवधिमा बैंकको खराब कर्जा भने १.३५ प्रतिशतले बढेर ६.८७ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६९.५ रूपैयाँ र मूल्य आम्दानी अनुपात १६.९५ गुणा रहेकाे छ भने बैंकको सिडी रेसियो ८३.३७ प्रतिशत रहेको छ ।













