प्रधानमन्त्री वालेन्द्र शाह आज नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँग भेटवार्ता गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय गरिएको उक्त छलफलमा हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन वृद्धि, निर्यात विस्तार तथा व्यवसायीहरूले सामना गरिरहेका विभिन्न समस्याबारे छलफल गरिने बताइएको छ।
सरकारले अर्थतन्त्रलाई थप सक्रिय बनाउने लक्ष्यसहित पछिल्ला दिनमा विभिन्न उद्योग तथा व्यवसायिक क्षेत्रका प्रतिनिधिसँग नियमित संवाद गर्दै आएको छ। यही क्रमलाई निरन्तरता दिदै हस्तकला क्षेत्रको विकास, रोजगारी विस्तार, नेपाली मौलिक उत्पादनको ब्रान्ड प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा पहुँच अभिवृद्धि लगायतका विषयमा महासङ्घसँग छलफल गर्न लागिएको हो।
बैठकमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न धाख्वा तथा प्रमुख निर्यातकर्ता महेश्वर श्रेष्ठलगायतको सहभागिता रहने कार्यक्रम रहेको छ।













