७ श्रावण २०८३, बिहिबार

इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत



काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले इरानविरुद्धका सैन्य अभियानलाई केन्द्रमा राखेर तयार गरिएको ९५ अर्ब अमेरिकी डलरको बजेट ढाँचा पारित गरेको छ ।

झिनो मतान्तरले स्वीकृत भएको यो प्रस्ताव अब सिनेटमा पुग्नेछ र त्यहाँ यसको अनुमोदन हुने–नहुनेबारे अझै अनिश्चितता रहेको छ ।

२१६-२१४ मतले पारित भएको उक्त बजेट प्याकेजअन्तर्गत ७३ अर्ब डलर सशस्त्र सेना र गुप्तचर निकायका लागि छुट्याइएको छ । यो रकम विशेष रूपमा इरानविरुद्ध सञ्चालन भइरहेका सैन्य तथा सुरक्षा अभियानमा खर्च गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्