यस्तो छ आजको विनिमयदर, कुन विदेशी मुद्राकोे कति ?
यस्तो छ आजको विनिमयदर, कुन विदेशी मुद्राकोे कति ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १ डलरको १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा रहेको छ।
यसैगरी युरोपियन युरोको खरिददर १७५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा कायम भएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर २०६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७ पैसा रहेको छ भने क्यानेडियन डलरको खरि दर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८३ पैसा कायम भएको छ। स्वीस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा, सिंगापुर डलरको खरिददर ११९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा कायम भएको छ।चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७७ पैसा र बिक्रीदर २२ रुपैयाँ ८६ पैसा रहेको छ।
यसैगरी साउदी अरेबियन रियालको खरिददर ४१ रुपैयाँ ८ पैसा र बिक्री दर ४१ रुपैयाँ २४ पैसा तथा कतारी रियालको खरिददर ४२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ४८ पैसा रहेको छ। थाई भाटको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ५९ पैसा रहेको छ भने यूएई दिरामको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा कायम भएको छ।
मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ५७ पैसा र बिक्रीदर १० रुपैयाँ ६१ पैसा तोकिएको छ।
त्यस्तै, स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा, डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ४६ पैसा र बिक्री दर २३ रुपैयाँ ५५ पैसा तथा हङकङ डलरको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा रहेको छ।
कुवेती दिनारको खरिददर ५०१ रुपैयाँ १ पैसा र बिक्रीदर ५०२ रुपैयाँ ९६ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०८ रुपैयाँ ९९ पैसा र बिक्री दर ४१० रुपैयाँ ५८ पैसा तथा ओमानी रियालको खरिद दर ४०० रुपैयाँ ५३ पैसा र बिक्री दर ४०२ रुपैयाँ ९ पैसा कायम भएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने जनाएको छ।













