सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य फेरि बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ४ हजार ४१० रुपैयाँ रहेको चाँदी सोमबार ३५ रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।













