४.६४ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो
काठमाडौँ। सेयर बजार आज पनि घटेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ अंकमा पुगेर बजार बन्द भएको हो ।
आज कारोबार रकम पनि खुम्चिएको छ। आज ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५ सय ४२ रुपैँया बराबरको कारोबार हुँदा कुल १ करोड ४ लाख २१ हजार ८ सय ६३ कित्ता सेयर किनबेच भएका छन्।
मंगलबार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।
आज फाइनान्स, हाेटल तथा पर्यटन, जलविद्युत र व्यापार समुहकाे उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेका छन् । यसदिन एभरेष्ट कलरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ६ प्रतिशब भन्दा धेरै घटेकाे छ।
सोमबार ३३.२८ अंकले घटेर २ हजार ७०१.३२ विन्दुमा राेकिएकाे बजारमा ३६० कम्पनीको १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियाे ।













