एनआईसी एसिया बैंक र चन्द्रगिरी हिल्सले हकप्रद शेयर जारी गर्ने
काठमाडौं। एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष स्वीकृतिका लागि आवेदन दिएका छन्।
एनआईसी एसिया बैंकले हालको चुक्तापुँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजना अघि बढाएको हो। सेबोनबाट अनुमति पाएपछि बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।
बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईएएमबीएस क्यापिटलले पाएको छ।
यता, चन्द्रागिरी हिल्स लिमिटेडले पनि हाल कायम चुक्तापुँजी बराबरकै शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेको छ। स्वीकृति प्राप्त भएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।
चन्द्रागिरी हिल्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त रहेको छ।













