१३ श्रावण २०८३, बुधबार

दुई महिनाका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको रकम व्यवस्थापनका लागि बुधबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप तान्ने भएकाे छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै ६१ दिनका लागि ३० अर्ब रुपैयाँ तान्न लागेकाे हाे । निक्षेप संकलनका लागि आज साउन १३ गते दिउँसो ३ बजे बोलकबोल आह्वान गरिएकाे छ।

उक्त निक्षेप संकलनको बोलकबोलमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउने व्यवस्था छ।

यसको साँवा तथा आर्जित ब्याज भुक्तानी आगामी २०८3 असोज १२ गते गरिनेछ। बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

यसको साँवा तथा आर्जित ब्याज भुक्तानी आगामी असोज १२ गते गरिनेछ। बोलकबोलमा सहभागी हुन चाहने संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन्।