१५ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्रीले डाके राष्ट्रिय सुरक्षा परिषद बैठक



काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय सुरक्षा परिषदको बैठक बाेलाएका छन् । बैठक आज बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ।

परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको अध्यक्षतामा हुने बैठकमा मुलुकको समग्र शान्ति–सुरक्षा अवस्था तथा पछिल्ला घटनाक्रमबारे विस्तृत समीक्षा गरिने जनाइएको छ।

बैठकमा सुनसरी घटनालगायत पछिल्लो समय विकसित सुरक्षा चुनौती, राष्ट्रिय सुरक्षासँग सम्बन्धित समसामयिक विषय तथा आवश्यक रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।