१४ श्रावण २०८३, बिहिबार

लगातार चौथो दिन सेयर बजारमा निराशाः नेप्से १६.२९ अंकले घट्दा ३ अर्बमा खुम्चियाे काराेबार



काठमाडाैं । बिहिबार लगातार चौथो दिन पनि सेयर बजारमा गिरावट आएकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.२९ अंकले घटेर २६ सय ८८ दशमलव ८८ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आज १३ वटै उपसूचकहरु घटेका छन् । यसदिन हाइड्रो पावर समुहकाे उपसुचक १.२० र बिकास बैंक समुहकाे उपसूचक १.१२ प्रतिशतले घटेकाे छ।

नेप्सेसँगै आज कारोबार रकम पनि खुम्चिएको छ। यसदिन ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैँया बराबरको कारोबार हुँदा कुल ७५ लाख ४८ हजार ५ सय ९१ कित्ता सेयर किनबेच भएका छन्।

हिजाे कुल ९७ लाख ७७ हजार ५ सय १२ कित्ता सेयर ४ अर्ब २ करोड ९३ लाख ९० हजार रुपैँयामा काराेबार भएकाे थियाे।

आज बिहीबार ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ वटा कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ।यसदिन एभरेष्ट कलरकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने कालिञ्चाेक हाइड्राेपावरकाे सेयर मूल्य नेगेटिभ सर्किट लागेकाे छ।