१४ श्रावण २०८३, बिहिबार

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन आजै, गृहमन्त्री सुनसरी जाँदै



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

सुनसरीमा भएको घटनापछि विकसित पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने तयारी गरेका हुन्। सम्बोधनको तयारी भइरहे पनि प्रधानमन्त्रीले कुन समयमा सम्बोधन गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।

यसैबीच, प्रधानमन्त्री शाहसँग बिहीबार अपराह्न भेटवार्ता गरेपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी प्रस्थान गर्ने भएका छन्। घटनास्थितिको प्रत्यक्ष जानकारी लिन र सुरक्षा अवस्थाको अनुगमन गर्न उनी सुनसरी जान लागेको जनाइएको छ।