१४ श्रावण २०८३, बिहिबार

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क पूर्ण छुट दिने निर्णय लागु, हालसम्म असुलेकाे रकम १५ दिनभित्र फिर्ता दिइने



काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समता शुल्क पूर्ण रूपमा छुट हुने व्यवस्था लागू गरेको छ।

अर्थ मन्त्रालयले सो शुल्क छुट हुने सूचना राजपत्रमा प्रकाशित गरेको छ । यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेसँगै उक्त व्यवस्था औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

हालसम्म असुल गरेको शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क भने १५ दिनभित्र फिर्ता दिइने राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। सो अवधिभित्र फिर्ता गर्न सम्भव नभएमा भने संघीय सञ्चित कोषमा दाखिला गरिने मन्त्रालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्षको साउन महिनादेखि शिक्षा र स्वास्थ्यमा ३/३ प्रतिशत समता शुल्क लागु गरेकाे थियाे । यसमा सर्वसाधारणकाे चर्काे विवादपछि प्रधानमन्त्री बालेनले सो शुल्क छुट हुने घोषणा सामाजिक सञ्जालबाट गरेका थिए ।