१५ श्रावण २०८३, शुक्रबार

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गत १० लाख रुपैयाँको बीमा दाबी रकम हस्तान्तरण



काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो ‘परिवार सुरक्षा बचत खाता’अन्तर्गत लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार गौमुल शाखाबाट परिवार सुरक्षा बचत खातामा आबद्ध श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा गरी १० लाख रुपैयाँको रकम हस्तान्तरण गरिएको हो।

बैंकका अनुसार उक्त आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने विश्वास गरिएको छ।

कुमारी बैंकले ग्राहकको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ। परिवार सुरक्षा बचत खाताअन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन आर्थिक सुरक्षामा समेत सहयोग पुग्ने बैंकको विश्वास छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म बैंकिङ सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता योजनाहरू सञ्चालन गरिएको बैंकले जनाएको छ। यसबाट आर्थिक समावेशीकरणलाई थप मजबुत बनाउनुका साथै आवश्यक पर्दा ग्राहक र उनीहरूको परिवारलाई वित्तीय सहयोग उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गरिएको छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले शहरी, अर्धशहरी तथा ग्रामीण क्षेत्रसम्म सुरक्षित, सहज र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै विभिन्न निक्षेप, बीमा तथा अन्य वित्तीय सेवा उपलब्ध गराइरहेको जनाएको छ।