वाइ-फाइ नेपालको सह-ब्रान्ड एम्बेसडर बने पत्रकार श्री पाण्डे
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइ-फाइ नेपालले सञ्चारकर्मी तथा पत्रकार श्री पाण्डेलाई आफ्नो सह-ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले १५ साउनमा काठमाडौंमा आयोजित एक समारोहबीच पाण्डेलाई सह-ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरेको हो।
वाइ-फाइ नेपालका अनुसार नेपालको सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय पाण्डेको व्यावसायिक अनुभव, विश्वसनीयता र पत्रकारिताप्रतिको समर्पण कम्पनीको गुणस्तरीय, भरपर्दो तथा सबैका लागि पहुँचयोग्य इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसँग मेल खाने भएकाले उनलाई सह-ब्रान्ड एम्बेसडर बनाइएको हो।
कम्पनीले देशभरका घरपरिवार, व्यवसाय तथा समुदायलाई भरपर्दो, गुणस्तरीय र किफायती इन्टरनेट सेवा प्रदान गर्दै आएको जनाएको छ। डिजिटल पहुँच विस्तार गर्दै आधुनिक प्रविधिलाई देशका विभिन्न क्षेत्रमा पुर्याउने लक्ष्यअनुसार सेवा विस्तारलाई निरन्तरता दिइरहेको कम्पनीको भनाइ छ।
यस सहकार्यले कम्पनीको ब्रान्डलाई थप सुदृढ बनाउनुका साथै गुणस्तरीय इन्टरनेट सेवाको पहुँच देशभर विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
कार्यक्रममा वाइ-फाइ नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शत्रुघ्न पञ्जियारले पाण्डेजस्ता अनुभवी सञ्चारकर्मी कम्पनीसँग आबद्ध हुनु गौरवको विषय भएको बताउँदै उनको अनुभव, विश्वसनीयता र समाजसँगको सम्बन्धले कम्पनीको ब्रान्डलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
सह-ब्रान्ड एम्बेसडर नियुक्त भएपछि श्री पाण्डेले वाइ-फाइ नेपालजस्तो विश्वसनीय ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै गुणस्तरीय इन्टरनेट सेवामार्फत देशभरका नागरिकलाई जोड्ने अभियानमा सहभागी हुन पाउनु आफ्नो लागि गर्वको विषय भएको प्रतिक्रिया दिए।
हाल वाइ-फाइ नेपालले देशका विभिन्न जिल्लामा इन्टरनेट सेवा विस्तार गरिरहेको छ। कम्पनीले आगामी दिनमा पनि अत्याधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवामार्फत नेपाली उपभोक्तालाई थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।













