२० श्रावण २०८३, बुधबार

१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिनभित्र स्पष्टीकरण माग



काठमाडौं।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ। बुधबार सार्वजनिक गरिएको सूचनाअनुसार सम्बन्धित व्यवसायी वा आपूर्तिकर्तासँग कालोसूचीमा राख्नु नपर्ने कुनै आधार, प्रमाण वा सफाइ भए तोकिएको सात दिनभित्र कार्यालयमा लिखित रूपमा बुझाउनुपर्नेछ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायहरूले ती कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्न सिफारिस गर्दै निवेदन दिएका थिए। यसअघि ३० दिनको समयसीमा दिएर स्पष्टीकरण मागिएको भए पनि सम्बन्धित पक्षबाट कुनै प्रतिक्रिया प्राप्त नभएपछि पुनः सात दिनको अतिरिक्त समय उपलब्ध गराइएको हो।

निर्धारित अवधिभित्र सन्तोषजनक स्पष्टीकरण प्राप्त नभए सम्बन्धित निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा समावेश गर्ने प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको छ। कालोसूचीमा समावेश भएका कम्पनी वा आपूर्तिकर्ताले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायले सञ्चालन गर्ने खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

 हेर्नुहोस् सूचना :