२१ श्रावण २०८३, बिहिबार

होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने



काठमाडौं। होटल सिराईचुली लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ। यसका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने भएको छ।

साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गते तेस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

सभाको मुख्य एजेन्डामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्ने विषय समावेश गरिएको छ। साथै, आईपीओबाट संकलन हुने रकमको उपयोग योजना स्वीकृत गर्ने र आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पेश गरिनेछ।

यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य नियमित प्रस्तावहरू पनि अनुमोदन गर्ने कार्यसूची तय गरिएको छ।