२१ श्रावण २०८३, बिहिबार

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त



काठमाडौं। नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदमा नागेन्द्र साह नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

साह यसअघि निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा समेत रहेका थिए। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत कार्यकारी निर्देशक छनोटका लागि आवेदन आह्वान गरेको थियो। सो प्रक्रियाबाट अन्तिम तीन जनाको सूचीमा नागेन्द्र साहसहित कौशल केसी र सञ्जीवकुमार देव परेका थिए।

प्युठानका केसी र सप्तरीका देवसँगको प्रतिस्पर्धामा साहलाई अनुभव, योग्यता तथा छनोट प्रक्रियाका आधारमा मन्त्रिपरिषद्ले निगमको नेतृत्वमा नियुक्त गरेको हो।