२२ श्रावण २०८३, शुक्रबार

साताकाे अन्तिम दिन पनि घटेर बन्द भयाे सेयर बजार, पाैने ४ अर्बमा खुम्चियाे सेयर बजार



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजार घटेरै बन्द भएकाे छ। आज सेयर बजार मापक नेप्से परिसूचक ४ दशमलव ०५ अंकले घटेर २ हजार ६५० दशमलव ०९ बिन्दुमा झरेको हो।

नेप्से संगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार रुपैँयामा कारोबार भएको छ।

हिजाे ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार ४२६ कित्ता सेयर ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैँयामा कारोबार भएको थियो।

आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ब्यापार, म्युचल फन्ड, माइक्रो फाइनान्स र उत्पादन तथा प्रशोधन समूहको उपसुचक बढेका छन्। बाँकी ९ वटै उपसुचक घटेका छन्।