२३ श्रावण २०८३, शनिबार

एकैसाता झण्डै १३ हजारले बढ्यो सुनको मूल्य



काठमाडौं। नेपाली बजारमा यो साता सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक हप्ताको अवधिमा सुनको मूल्य १२ हजार ९०० रुपैयाँले बढेको हो ।

गत साउन १५ गते शुक्रबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएकोमा साउन २२ गते शुक्रबारसम्म आइपुग्दा मूल्य १२ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको हो ।

आइतबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ रहेको थियो। त्यसपछि सोमबार ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको सुन मंगलबार २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा झरेको थियो।

बुधबार भने सुनको मूल्यमा ४ हजार २ सय रुपैयाँको वृद्धि हुँदै प्रतितोला २ लाख ८८ हजार रुपैयाँ पुगेको थियो। बिहीबार थप ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजार रुपैयाँ पुगेको सुन शुक्रबार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ।

यसरी सुन सातामा प्रतितोला १२ हजार ९०० रुपैयाँले महँगिएको हो।

यससँगै नेपाली बजारमा सुनको मूल्य पुनः तीन लाख नजिक पुगेको छ। पछिल्लो एक साताको तीव्र वृद्धिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य, अमेरिकी डलरको विनिमय दर तथा लगानीकर्ताको मागलगायतका पक्षले नेपाली बजारको सुनको मूल्यमा प्रभाव पारिरहेको देखिन्छ।

आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरमा हुने परिवर्तनले नेपाली बजारमा सुनको मूल्यको दिशा निर्धारण गर्ने छ।

यस्तो छ यो साताको सुनचादीको मूल्यको समग्र विवरण :