प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट्ने
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।
भोली सोमबार प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले सोमवार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्ने तय भएको छ।
यसैबीच सोमबार दिउसो ३ बजे चिनिया राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।
यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।
गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।













