लगातार तेस्राे दिन पनि घट्याे सेयर बजारः ९ अंकले घट्याे परिसूचक, काराेबार साढे ३ अर्बमा खुम्चियाे
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ९.०४ अङ्कले घटेर २६ सय ४१ दशमलब ०५ बिन्दुमा पुगेर बन्द भएको हो।
आज निर्जीवन बीमा, माइक्रो फाइनान्स, उत्पादन तथा प्रशोधन र हाइड्रोपावर समूहको उपसुचक बढेका छन् भने बाँकी ९ वटै उपसुचक घटेका छन्।
नेप्से संगै यसदिन काराेबार रकम पनि घटेकाे छ। आज ३५२ कम्पनीको १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता सेयर ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैँयामा कारोबार भएको छ।
अघिल्लो कारोबार शुक्रबार ३३४ कम्पनीको १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर ३ अर्ब ७७ करोड ४३ लाख ६१ हजार रुपैँयामा कारोबार भएको थियो।
यसदिनको कारोवारमा ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको सेयर मुल्य घटेको छ। यस्तै १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।













