२५ श्रावण २०८३, सोमबार

यस्तो छ ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तयारी (फोटो फिचर)



काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा साउन २६ देखि ३१ गतेसम्म आयोजना हुने ‘दोस्रो नाइमा मोबिलिटी एक्स्पो २०२६’ को तयारी लगभग पूरा भएको छ। एक्स्पोस्थलमा अहिले अन्तिम चरणका कामहरू भइरहेका छन्।

आयोजकका अनुसार प्रदर्शनीस्थलको व्यवस्थापन तथा स्टल निर्माणलगायतका कामलाई समयमै सम्पन्न गर्न कर्मचारी तथा कामदारहरू निरन्तर खटिरहेका छन्। एक्स्पो सुरु हुनुअघि भोलि बिहानसम्म सबै तयारी पूरा गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालबाट अलग भएपछि नाइमाले आफ्नै पहलमा आयोजना गर्दै आएको एक्स्पोको यो दोस्रो संस्करण हो।

एक्स्पोमा विभिन्न सवारीसाधन, नयाँ प्रविधि तथा अटोमोबाइल्स क्षेत्रका उत्पादन र सेवाबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।