एनएमबी बैंकले ल्यायो आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा ‘ईभी अटो कर्जा’
काठमाडौं । एनएमबी बैंक लिमिटेडले नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि विशेष ब्याजदरमा ‘ईभी अटो कर्जा’ योजना सार्वजनिक गरेको छ।
बैंकले नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधनका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको हो। वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकको भनाइ छ।
बैंकका अनुसार सीमित अवधिका लागि उपलब्ध हुने उक्त कर्जा सुविधा सरल र छिटो प्रक्रियाबाट प्रदान गरिनेछ। नयाँ ईभी खरिद गर्न इच्छुक ग्राहकले एक्स्पोमा रहेको बैंकको स्टल नम्बर ५ वा देशभरका एनएमबी बैंकका शाखामार्फत कर्जाका लागि आवेदन दिन सक्नेछन्।
एनएमबी बैंकले हाल देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।













