२६ श्रावण २०८३, मंगलबार

यस्तो देखियो नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन (फोटो फिचर)



काठमाडौं । आजबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा मंगलबारदेखि एक्स्पोको उद्घाटन भएको हो।

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले एक्स्पोको उद्घाटन गरेका हुन्।

साउन ३१ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न अटोमोबाइल ब्रान्डका नयाँ सवारीसाधन तथा उत्पादनहरू राखिएका छन्।

आयोजकका अनुसार एक्स्पोमा ५३ वटा ब्रान्ड सहभागी छन्। प्रदर्शनी अवधिमा ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अन्य उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको छ।