२६ श्रावण २०८३, मंगलबार

सुजुकीले देशभर मनसुन निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने



काठमाडौं । सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत वितरक सीजी मोटोकर्पले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै अधिकृत सुजुकी सर्भिस सेन्टरमा ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ।

मनसुनी वर्षाका कारण सवारीसाधनमा पर्ने अतिरिक्त चाप र जोखिमलाई ध्यानमा राख्दै कम्पनीले ग्राहकको सुरक्षा र सवारीसाधनको उचित मर्मतसम्भारलाई प्राथमिकता दिएर अभियान सञ्चालन गर्न लागेको हो।

क्याम्पअन्तर्गत सुजुकीका ग्राहकले ब्रेक, टायर, वाइपर, इन्जिन तथा इलेक्ट्रिकल प्रणालीलगायत वर्षायाममा बढी जोखिममा पर्ने विभिन्न भागको निःशुल्क जाँच गराउन सक्नेछन्। साथै, विशेषज्ञबाट मर्मतसम्भारसम्बन्धी परामर्श तथा पार्ट्स र सर्भिसमा विशेष छुटसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार क्याम्पमा पार्ट्स तथा लुब्रिकेन्टमा १० प्रतिशत, लेबरमा २० प्रतिशत र एक्सेसरिजमा १५ प्रतिशत छुट दिइनेछ। त्यस्तै, जनरल चेकअप, एसी तथा ब्याट्री जाँच निःशुल्क गरिनेछ भने ब्रेक, टायर, वाइपर र इलेक्ट्रिकल प्रणालीको समेत विशेष परीक्षण गरिनेछ।

यसका अतिरिक्त ग्राहकलाई कार केयर तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारी तथा तालिम प्रदान गरिने कम्पनीले जनाएको छ। क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिनेछ।

“नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो। यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो,” सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने।

कम्पनीले देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुने उक्त क्याम्पबाट लाभ लिन सुजुकीका ग्राहकलाई आग्रह गरेको छ। ग्राहकले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको अधिकृत सुजुकी सर्भिस सेन्टरमा गएर सेवा लिन सक्नेछन्।