२६ श्रावण २०८३, मंगलबार

चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान सार्वजनिक प्रदर्शनमा राखेको छ। अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधनको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ।

एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन्। व्यावसायिक तथा स्कुल–कलेजका लागि लक्षित यी ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

चेरी वान्डाका ११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीको दाबी छ।

त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज रहेको जनाएको छ।

१६ सिट क्षमताको मिनी बसमा भने ५३.५८ र ७० किलोवाट आवर क्षमताका सीएटीएल ब्याट्री विकल्प, ८० र १२० किलोवाट पिक पावर तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोडलअनुसार यी मिनी बसले एकपटकको चार्जमा २८० देखि ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।

व्यावसायिक प्रयोजनमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला चेरी वान्डाका ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने कम्पनीको अपेक्षा छ।

यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ। यसले व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ।

एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका विभिन्न मोडल, तिनका विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।