नाइमा एक्स्पोमा प्रोटोन ईमास ५ आकर्षणको केन्द्र
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा हालै सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ई–मास ५ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा आकर्षणको केन्द्र बनेको छ।
अगस्ट ११ देखि १६ अर्थात् साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा हल ‘बी’स्थित स्टल ‘एल–६’ मा प्रोटोन ई–मास ५ अवलोकन तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। सार्वजनिक भएसँगै ई–मास ५ मा उल्लेख्य बुकिङ भइरहेको र एक्स्पोमा समेत ग्राहक तथा अटो पारखीको व्यापक चासो देखिएको कम्पनीको दाबी छ।
सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल ड्राइभ प्लेटफर्ममा आधारित ई–मास ५ मा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा रहेको कम्पनीले जनाएको छ। यसले व्यस्त सहरी सडकदेखि राजमार्ग तथा नेपालको पहाडी सडकमा समेत सहज र सुरक्षित यात्रा गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ।
आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई–मास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा छन्। यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज र २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज रहेका छन्। यी सुविधाले दैनिक प्रयोगका सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सकिने कम्पनीले जनाएको छ।
ई–मास ५ का अन्य विशेषतामा रियर मल्टि–लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४.६ इन्चको फुल एचडी डिस्प्ले युनिट, ३६.९ मिटरको ब्रेकिङ दूरी तथा जी–ट्र्याक्सन कन्ट्रोल सिस्टम रहेका छन्।
त्यस्तै, ४.९५ मिटरको टर्निङ रेडियस, ६५ डिग्रीको डोर ओपनिङ एंगल र बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने भेहिकल–टु–लोड (भीटूएल) प्रविधि उपलब्ध रहेको कम्पनीले जनाएको छ। प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर, पावर्ड टेलगेट र ३६० डिग्री क्यामेरालगायत सुविधा छन्।
प्रोटोन ई–मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले यसको मूल्य प्राइम भेरियन्टका लागि ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टका लागि ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ।
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को हल ‘बी’स्थित स्टल ‘एल–६’ मा आएर प्रोटोन ई–मास ५ को प्रत्यक्ष अवलोकन तथा अनुभव लिन कम्पनीले ग्राहक तथा अटो पारखीलाई आग्रह गरेको छ।













