२७ श्रावण २०८३, बुधबार

सुनको भाउ तोलामा १२ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो



काठमाडौं । बुधबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेकाे छ। हिजाे ताेलामा एकैदिन ६ हजार ४ सय रुपैयाँले बढेको सुनकाे भाउ आज १२ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सुन ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार ७४५ रुपैयाँ कायम भएको छ।