२७ श्रावण २०८३, बुधबार

एनआईसी एशिया क्यापिटलले आफ्ना सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश दिने



एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा आर्जन गरेको मुनाफाबाट आफ्ना शेयरधनीलाई करसहित ५० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव अघि सारेको छ।

लाभांश वितरणसम्बन्धी निर्णय क्यापिटलको मंगलबार सम्पन्न सञ्चालक समिति बैठकले गरेको हो। प्रस्तावित लाभांशलाई स्वीकृति दिलाउन क्यापिटलले दशौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ।

क्यापिटलको साधारण सभा भदौ २६ गते शुक्रबार बिहान ९ बजे थापाथलीमा रहेको रजिष्टर्ड कार्यालयमा हुने तय गरिएको छ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै त्यसलाई पारित गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, शेयरधनीलाई करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई सभाबाट अन्तिम अनुमोदन गरिनेछ।