सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु २०८३’ सम्पन्न, उत्कृष्टलाई सम्मान
काठमाडौं। एक आर्थिक वर्षको कार्यमूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स लाइफको ‘भिजन टु भ्यालु २०८३’ कार्यक्रम “एम्पावरिङ द पिनाकल फर एलिट रिजल्ट्स” नारासहित सम्पन्न भएको छ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र सञ्चालक समितिका सदस्य भरतकुमार तोदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत, प्रदेश प्रमुख, विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर तथा कस्टमर सर्भिस अफिसरलगायतको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रतनलाल केडियाले गत आर्थिक वर्षमा बीमाशुल्क संकलनमा प्राप्त सफलताका लागि सबै कर्मचारीलाई बधाई दिए। उनले उपलब्धिलाई सम्मान गर्दै टिमवर्क तथा अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा उल्लेख गरे।
साथै, उनले आगामी वर्षका लागि रणनीतिक योजना प्रस्तुत गर्दै नयाँ उत्पादन, नवप्रवर्तन, सीएसआर गतिविधि तथा शाखा कार्यालयहरूको मानकीकरणलाई संस्थागत प्रभाव मजबुत बनाउन प्राथमिकता दिने बताए।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले टिमवर्क र उपलब्धिलाई मान्यता दिँदै उत्पादन विविधीकरण तथा बजार बुझाइमा ध्यान केन्द्रित गर्न निर्देशन दिए। उनले कर्पोरेट गभर्नेन्स र कम्प्लायन्सलाई जोड दिँदै दिगो वृद्धि र हितधारक मूल्य सिर्जनामा कम्पनी प्रतिबद्ध रहेको बताए।
गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसरलगायत कस्टमर सर्भिस एक्जुकेटिभलाई सम्मान गरिएको थियो।
दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृतले गत आर्थिक वर्षको डेटा प्रस्तुत गर्दै यस वर्ष कम्पनीलाई नयाँ उचाइमा पुर्याउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए। कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकहरूले आफ्ना कार्यअनुभवसमेत साटासाट गरेका थिए।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालका अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको जनाएको छ।
हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २५ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमा कार्यरत रहेको जनाइएको छ।













