२८ श्रावण २०८३, बिहिबार

ट्रायम्फ स्पिड टी ४ सार्वजनिक, मूल्य साढे ६ लाख रुपैयाँ



काठमाडौं। ट्रायम्फ मोटरसाइकल्स नेपालले नाइमा अटो शो २०२६ मा नयाँ ट्रायम्फ स्पिड टी४ सार्वजनिक गरेको छ। नयाँ मोडर्न क्लासिक रोडस्टरले नेपालमा ट्रायम्फको ४०० सीसी पोर्टफोलियोलाई थप विस्तार गरेको छ।

नयाँ स्पिड टी४ को मूल्य ६ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ। ट्रायम्फको विशिष्ट रोडस्टर डिजाइन, सहज प्रदर्शन, बलियो लो–इन्ड टर्क र सहज ह्यान्डलिङका कारण यो मोटरसाइकल नेपालको दैनिक सवारीका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ। मोटरसाइकल देशभरका ट्रायम्फका आधिकारिक डिलरमार्फत उपलब्ध हुनेछ।

स्पिड टी४ मा ३४९ सीसी लिक्विड–कुल्ड टीआर–सिरिज इन्जिन रहेको छ। उक्त इन्जिनले ७ हजार ५ सय आरपीएममा २९ पीएस पावर र ५ हजार ५ सय आरपीएममा ३१ एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पिड गियरबक्स र टर्क–असिस्ट स्लिपर क्लच दिइएको छ।

यसको पावर डेलिभरी सहरी सडक, हाइवे क्रुजिङ तथा उकालो सडकका लागि आवश्यक लो र मिड–रेन्ज प्रदर्शनलाई ध्यानमा राखेर ट्युन गरिएको कम्पनीले जनाएको छ।

स्पिड टी४ मा विभिन्न सडक अवस्थाका लागि सन्तुलित च्यासिस सेटअप दिइएको छ। यसमा ४३ एमएम कन्भेन्सनल फ्रन्ट फोर्क, प्रिलोड–एड्जस्टेबल मोनोशक, १७–इन्च कास्ट आल्मुनियम ह्विल, ३०० एमएम फ्रन्ट डिस्क, २३० एमएम रियर डिस्क तथा डुअल–च्यानल एबीएस रहेका छन्।

मोटरसाइकलमा एलईडी लाइट, डे–टाइम रनिङ लाइट, डुअल–च्यानल एबीएस, टर्क–असिस्ट स्लिपर क्लच तथा एनालग र डिजिटल दुवै प्रकारको इन्स्ट्रुमेन्ट डिस्प्ले दिइएको छ।

नाइमा अटो शो २०२६ मा स्पिड टी४ सार्वजनिक भएसँगै ट्रायम्फ मोटरसाइकल्स नेपालको मोडर्न क्लासिक्स पोर्टफोलियो थप विस्तार भएको छ। यसले ग्राहकलाई ट्रायम्फको रोडस्टर परिवारमा प्रवेश गर्ने नयाँ विकल्प उपलब्ध गराउने कम्पनीले जनाएको छ।

ट्रायम्फ मोटरसाइकल्स नेपालले देशभरका आधिकारिक डिलर नेटवर्कमार्फत प्रिमियम मोटरसाइकल बिक्री गर्दै आएको छ। कम्पनीले बिक्रीसँगै सर्भिस तथा जेन्युइन एसेसरिजको सुविधा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।