कामना सेवा विकास बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन उपहार कार्यक्रममासहभागी हुन सकिने
काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको करवाता प्रोत्साहन उपहार कार्यक्रममा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।
कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत मर्चेन्ट क्युआरमा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुने भएकाले ग्राहकले छुट्टै कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन ।
बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोवारको संख्या तथा विवरण हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोवारमध्येबाट नियमित लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ ।
बैंकले ग्राहकहरूलाई रु. १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, प्यान/भ्याट बिल लिन तथा सुरक्षित राख्न र आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ ।













