साताको अन्तिम दिन घटेर बन्द भयो सेयर बजार, ४ अर्बको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावट देखिएको छ । आज सेयर बजार परिसुचक (नेप्से) ७ दशमलब ३७ अङ्ककले घटेर २६ सय ४३ दशमलब ८३ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
यसैबीच आज कारोबार रकम भने बढेको छ । शुक्रबार ३ सय ४४ कम्पनीको ९७ लाख ५४ हजार ४०३ कित्ता सेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैँयामा कारोबार भएको हो।
हिजो ३ सय ४७ कम्पनीको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैँयामा कारोबार भएको थियो।
आज १०१ कम्पनीको सेयर मुल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ कम्पनी स्थिर रहेका छन्।
यसदिन जीवन बीमा, माइक्रो फाइनान्स, म्युचुअल फन्ड र अन्य समुहको उपसुचक बढेका छन भने बाँकी ९ वटै उपसुचक घटेका छन् । व्यापार समूहको उपसुचक सर्वाधिक २.५७ प्रतिशतले घटेको छ। यता सुपर खुदी हाइड्रोपावरको सेयर मुल्य सर्वाधिक १२.८३ प्रतिशतले घटेको छ।
दुई कम्पनिको सेयर मूल्यमाा सकारात्मक सर्किट लागेको छ। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशत र सर्बोत्तम पेन्ट्स इन्डष्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ।













