नाइमा एक्स्पोमा राखिएका १० लाख मुनिका १० सस्ता दुईपांग्रे, कुनको मूल्य कति?
काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न मूल्यका मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा राखिएका छन्। एक्स्पोमा प्रिमियम सेग्मेन्टका महँगा मोटरसाइकलदेखि सामान्य बजेटमा किन्न सकिने विद्युतीय स्कुटरसम्म उपलब्ध छन्।
एक्स्पोमा सार्वजनिक तथा प्रदर्शनीमा राखिएका र दुईपांग्रे सवारीमध्ये सस्तो मूल्यका १० मोडल हेर्दा अधिकांश विद्युतीय स्कुटर देखिन्छन्।अर्थपथमा आज हामी नाइमा एक्स्पोमा राखिएका १० लाख मुनिका १० सस्ता दुईपांग्रे सवारीसाधनको मूल्यबारे चर्चा गर्ने छौँ।
नाइमा एक्स्पोमा राखिएका १० सस्ता दुईपांग्रे
बिगस सी १२ :
बिगसको विद्युतीय स्कुटर सी १२ नाइमा एक्स्पोमा रु. २ लाख ७७ हजारमा राखिएको छ। बजेटमा विद्युतीय स्कुटर खोज्ने ग्राहकका लागि यो एक्स्पोका सस्ता विकल्पमध्ये एक हो।
बिगस म्याक्स प्लस :
बिगसकै म्याक्स प्लस पनि रु. २ लाख ७७ हजारमा उपलब्ध छ। सी १२ कै बराबर मूल्यमा रहेको यो अर्को विद्युतीय स्कुटर हो।
बजाज चेतक २५०१ :
बजाजको चर्चित चेतकको २५०१ मोडलको एक्स्पो मूल्य रु. २ लाख ८१ हजार तोकिएको छ। यो सूचीमा ३ लाख रुपैयाँभन्दा कम मूल्य पर्ने अर्को विकल्प हो।
बिगस सी १२ म्याक्स आर :
बिगसको सी १२ म्याक्स आर रु. ३ लाख २९ हजारमा एक्स्पोमा राखिएको छ। यो पनि विद्युतीय स्कुटर हो।
एथर रिज्टा जेड :
एथरको रिज्टा जेडको मूल्य रु. ३ लाख ७९ हजार रहेको छ। कम्पनीले यस मोडलले एकपटकको चार्जमा १२३ किलोमिटरसम्म यात्रा गर्न सक्ने जनाएको छ।
सिएफ मोटो २५० डिअल :
सिएफ मोटोको २५० डिअल रु. ५ लाख ७४ हजारमा उपलब्ध छ। यो सूचीमा पर्ने पेट्रोल इन्जिन भएको मोटरसाइकलमध्ये एक हो।
मोर्बिडेली टी २५० :
इटालियन ब्रान्ड मोर्बिडेलीको टी २५० को मूल्य रु. ६ लाख १९ हजार ९ सय रहेको छ। मोर्बिडेलीका अन्य महँगा मोटरसाइकलको तुलनामा यो कम्पनीको सस्तो मोडल हो।
ट्रायम्फ स्पिड टी ४ :
ट्रायम्फले नाइमा एक्स्पोबाट ३५० सीसीको स्पिड टी ४ बिक्री सुरु गरेको हो। यसको मूल्य रु. ६ लाख ५० हजार तोकिएको छ।
अल्ट्राभायोलेट एक्स ४७ क्रसओभर :
अल्ट्राभायोलेटको विद्युतीय मोटरसाइकल एक्स ४७ क्रसओभरको सुरुवाती मूल्य रु. ६ लाख ८४ हजार रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको फुलचार्जमा ३२३ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।
जेटएक्स सीएक्स ३००
जेटएक्सको सीएक्स ३०० डर्ट बाइक नाइमा एक्स्पोमा रु. ९ लाख ४५ हजारमा राखिएको छ। यो सूचीमा पर्ने सबैभन्दा महँगो मोडल हो।

नाइमा एक्स्पोले दुईपांग्रे सवारीमा रहेको मूल्य र विकल्पको फराकिलो दायरा देखाएको छ। कम बजेटमा विद्युतीय स्कुटर खोज्ने ग्राहकदेखि पेट्रोल मोटरसाइकल रोज्ने तथा प्रिमियम सेग्मेन्टतर्फ आकर्षित ग्राहकसम्मका लागि एक्स्पोमा विभिन्न विकल्प उपलब्ध छन्।
मूल्यसँगै प्रविधि, डिजाइन, रेन्ज र प्रयोगको आवश्यकताअनुसार मोडल छनोट गर्न सकिने भएकाले उपभोक्ताका लागि एउटै स्थानमा विभिन्न सवारी तुलना गर्ने अवसरसमेत बनेको छ।













