३१ श्रावण २०८३, आइतबार

सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलामा साढे ३ हजार रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले बढेको हो।

मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार भने सुन प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले महँगिएको हो। यससँगै चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ पुगेको छ।

शुक्रबार चाँदी प्रतितोला ४ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो।