प्रभु बैंकको घर र गाडी कर्जा योजना, ३ करोडसम्म ऋण लिन सकिने
काठमाडौं । प्रभु बैंकले घर तथा व्यक्तिगत प्रयोजनका सवारी साधन खरिदका लागि नयाँ कर्जा योजना ल्याएको छ। बैंकले दुवै कर्जामा कम सेवा शुल्क र आधार दरमा न्यून प्रिमियमको सुविधा दिने जनाएको छ।
व्यक्तिगत प्रयोजनका लागि गाडी खरिद गर्न चाहने ग्राहकलाई बैंकले ७ वर्षसम्मको अटो लोन उपलब्ध गराउने भएको छ। अटो लोनमा पनि ०.५० प्रतिशत सेवा शुल्क र औसत आधार दरमा ०.५० प्रतिशत थप ब्याजदर कायम गरिएको छ।
यस योजनाबाट घर वा अपार्टमेन्ट खरिद गर्ने, नयाँ घर निर्माण गर्ने तथा भइरहेको घर मर्मत गर्ने ग्राहक लाभान्वित हुनेछन्। घर निर्माणका लागि आवश्यक जग्गा खरिद गर्न पनि यही योजनाअन्तर्गत कर्जा लिन सकिने बैंकले जनाएको छ।
नयाँ योजनाअनुसार घर कर्जामा ग्राहकले अधिकतम ३ करोड रुपैयाँसम्म ऋण लिन सक्नेछन्। यस्तो कर्जाको भुक्तानी अवधि २५ वर्षसम्म रहनेछ। बैंकले घर कर्जामा ०.५० प्रतिशत सेवा शुल्क तोकेको छ भने ब्याजदर औसत आधार दरभन्दा ०.५० प्रतिशत मात्र बढी हुने जनाएको छ।
कर्जा लिन आवश्यक कागजात पूरा रूपमा बुझाएपछि दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराउने व्यवस्था गरिएको बैंकको भनाइ छ। बैंकले उक्त कर्जा सुविधा देशभरका ३०० शाखाबाट उपलब्ध हुने जनाएको छ।













