१ भदौ २०८३, सोमबार

चेरी वान्डाका गाडीमा ग्राहकको आकर्षण, नाइमा एक्स्पोमा उल्लेख्य बुकिङ



काठमाडौं । भृकुटीमण्डपमा सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीप्रति ग्राहकको उल्लेख्य आकर्षण देखिएको छ। एक्स्पो अवधिभर चेरी वान्डाका विभिन्न मोडलमा सयौँको संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ।

‘मेहेनती हातको विश्वासिलो साथ’ ट्यागलाइनसहित एक्स्पोमा सहभागी चेरी वान्डाले ग्राहकका लागि बिनाधितो हायर पर्चेज सुविधासमेत उपलब्ध गराएको थियो। कम्पनीका अनुसार उक्त सुविधाले विशेषगरी व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज बनाएको थियो।

चेरी वान्डाका विद्युतीय सवारी मन्टेश्वरी विद्यालय तथा विभिन्न व्यावसायिक प्रयोजनका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ। एक्स्पोमा विशेषगरी मन्टेश्वरी विद्यालय सञ्चालकहरूले ११ र १२ सिटर क्षमताका सवारीप्रति रुचि देखाएका थिए। यस्तै, होटल तथा ट्राभल एजेन्सी व्यवसायीले १६ सिटर विद्युतीय सवारीमा विशेष आकर्षण देखाएको कम्पनीले जनाएको छ।

नाइमा एक्स्पोको हल ‘डी’मा रहेको स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका थिए।

कुन मोडलमा कति संख्यामा बुकिङ भयो भन्ने विवरण कम्पनीले सार्वजनिक नगरे पनि समग्रमा उल्लेख्य बुकिङ हुनुका साथै ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको जनाएको छ।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाको स्टलमा उपस्थित भई सवारीको अवलोकन, जानकारी तथा बुकिङ गर्ने सम्पूर्ण ग्राहक, व्यवसायी तथा शुभेच्छुकप्रति चेरी वान्डाको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले धन्यवाद व्यक्त गरेको छ।

जगदम्बा मोटर्सले आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार गुणस्तरीय तथा भरपर्दो विद्युतीय व्यावसायिक सवारी उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ।