२ भदौ २०८३, मंगलबार

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि सुनको कारोबार यही मूल्यमा भएको थियो ।

सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैँयाले घटेर ४ हजार ७ सय ५५ रुपैयाँमा झरेको हो।