२ भदौ २०८३, मंगलबार

प्रधानमन्त्री शाह र भारतीय स्थल सेनाध्यक्ष सेठ बीच भेटेवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।सेठले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।

भेटवार्तामा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत सहभागी थिए। प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका थिए।

भेटवार्ताका क्रममा दुई देशबीचको सुरक्षा तथा सैनिक सहकार्यसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ।