८ भदौ २०८३, सोमबार

२५ सयकाे बिन्दुमा झर्‍यो नेप्से, ३ अर्बमा खुम्चियाे काराेबार



काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन साेमबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ। आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १९.१३ अंकले घटेर २५ सय ९९ दशमलव ५८ बिन्दुमा राेकिएकाे छ।

नेप्सेसँगै यसदिन काराेबार पनि घटेकाे छ। आज ३५० कम्पनीको ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँमा किनबेच भएको छ।

गत शुक्रबार १ करोड कित्ता सेयर ४ अर्ब १६ करोड ७१ लाखमा खरिद बिक्री भएको थियाे ।

आज १३ वटै उपसूचक राताम्य बनेका छन् । यसदिन सर्वाधिक हाइड्राेपावर १.१९ प्रतिशत र निर्जिवन बीमा १.१२ प्रतिशतले घटेकाे छ।

आज २२९ वटा कम्पनीको शेयर घटेकोमा ४७ वटाको बढेको छ । यस्तै २ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज सर्वोत्तम पेन्टस् इन्डष्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत र धाैलागिरी लघुवित्तकाे सेयर मूल्य ११.९८ प्रतिशतले बढेकाे छ। यता पञ्चकन्या माई हाइड्राेपावरकाे सेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशतले घटेकाे छ।